अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिका-६ कठौतीमा रहेको कैलाली भिजन बोर्डिङ स्कूलको १९ औँ वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक ध्वज बहादुर बोगटीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कँडेल रहेका थिए ।
कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख कँडेलले गुणस्तरीय शिक्षाका लागि अभिभावक बिद्यार्थी शिक्षक इमानदार भैइ आ-आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए । साथै सो कार्यक्रमा उनले बिधालयमा अध्ययनरत गरेका पुर्ब बिद्यार्थी राहुल नेपालीलाई पढाईमा सहजता होस भनेर १ लाख रकम नगरपालिकाले दिने घोषणा गर्नु भएको छ । बिधालयमा अध्यापन गराउनु हुने शिक्षकहरुबाट २५ हजार संकलन गरी राहुल नेपालीलाई प्रदान गरिएको छ ।

त्यस्तै विशिष्ट अतिथिमा वडा अध्यष टेक बहादुर कुँवर रहेका थिए । कार्यक्रममा जुपिटर एकेडेमी नेपालका प्रधानाध्यापक मनिराम धामी, बिणा बिधा मन्दिरका प्रधानाध्यापक दल बोगटी, अमर माध्यमिक बिद्यालयका अध्यक्ष टिकारम शर्मा, गौरीगंगा नगर स्तरिय मेलमिलाप संयोजक हेमन्त राज जोशी (बाजे), समाजसेबी तिलक महत लगायतको उपस्थिति रहेको थियो ।
बार्षिक उत्सव तथा विविध साँस्कृतिक कार्यक्रममा सहभागी वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बिधालयद्वारा आयोजित विभिन्न बिद्या हाजिरीजवाफ, दौड, कबडी, फुटबल खेलमा उत्कृष्ट छात्र-छात्राहरुलाई पुरस्कार र लामो समय देखि बिधालयमा अध्यापन गराउदै आउनु भएका शिक्षक देबेन्द्र बिकलाई सम्मान तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
२०६३ सालमा स्थापित यो बिधालय ८ कक्षा सम्म अध्यापन भइरहेको बिद्यालयमा करिब ५१० जना बिद्यार्थी अध्ययनरत छन । उक्त कार्यक्रममा बिधालयका शिक्षक पुरन बमले स्वागत मन्तव्य ब्यक्त गरेको कार्याक्रमको संचालन शिक्षक महेश जोशीले गरेका थिए ।