सुदूरपश्चिमका २ सहित ११ निर्माण कम्पनी कालोसूचीमा राख्न सिफारिस

धनगढी- सुदूरपश्चिमका २ कन्स्ट्रक्सन कालोसूचीमा राख्न सिफारिस गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सुदूरपश्चिमका २ सहित ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको हो ।

ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो । कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा २ वटा सुदूरपश्चिमका रहेका छन् । कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन र ए-वन खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स बाजुरालाई कालोसूचीमा राख्न सिफारिस गरिएको हो ।

Navadurga sun

विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरूलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारण सहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो ।

सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) बमोजिम लिखित स्पष्टीकरण पेस गर्न कार्यालयले निर्देशन दिएको छ । जवाफ चित्तबुझ्दो नभए कार्यालयले यी कम्पनीलाई कालोसुचीमा राख्ने छ ।

कम्पनीहरूलाई सोधिएको सात दिने स्पष्टीकरण विवरण यस्तो रहेकोछ-

ADD Khali jpg
ADD Khali jpg
Loading...