सुदूरपश्चिमका २ सहित ११ निर्माण कम्पनी कालोसूचीमा राख्न सिफारिस

धनगढी- सुदूरपश्चिमका २ कन्स्ट्रक्सन कालोसूचीमा राख्न सिफारिस गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सुदूरपश्चिमका २ सहित ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको हो ।

ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो । कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा २ वटा सुदूरपश्चिमका रहेका छन् । कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन र ए-वन खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स बाजुरालाई कालोसूचीमा राख्न सिफारिस गरिएको हो ।

विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरूलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारण सहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो ।

सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) बमोजिम लिखित स्पष्टीकरण पेस गर्न कार्यालयले निर्देशन दिएको छ । जवाफ चित्तबुझ्दो नभए कार्यालयले यी कम्पनीलाई कालोसुचीमा राख्ने छ ।

कम्पनीहरूलाई सोधिएको सात दिने स्पष्टीकरण विवरण यस्तो रहेकोछ-

Loading...