डडेल्धुरामा बालिका करणी गरेको आरोपमा एक जना पक्राउ

डडेल्धुरा- डडेल्धुरामा बालिका करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा डडेल्धुरा आलिताल गाउँपालिका-५ का २० वर्षीय पुष्कर थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घटना माघ ६ गतेको भएपनि बाहिरिएको थिएन । तर, बलात्कृत बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफन्तले आइतवार उनलाई परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याएका थिए ।

उपचारमा संलग्न चिकित्सकले बालिकामाथि करणी भएको आशंका मानेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरि घटनावारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Loading...