Satyawati
Division ban Pahalmanpur

भोलि सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाण्डौं- गृह मन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको जानकारी गराएको छ । यस अघि मन्त्रिपरिषद्को बैठकको निणर्य अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (मंगलबार) को बिदा कायम नरहेको बारेमा गृह मन्त्रालयले जानकारी गराएको हो ।

Malpot office dadeldhura

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाका कारण भोलि (मंगलबार) को बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको उल्लेख छ ।

यस अघि गृह मन्त्रालयले गएको वर्षको चैत २ गते राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेका थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...