कैलालीको गोदावरी-१० मा ४० जना एचआइभी संक्रमितलाई कम्बल वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-१० मा एचआइभी संक्रमितलाई कम्बल वितरण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच वडाले ४० जना एचआइभी संक्रमितलाई कम्बल वितरण गरेको हो । वडा अध्यक्ष रबिन्द्र शाहीले वडाकै बजेट संस्थालाई दिएर कार्यक्रम गर्दा प्रभावकारी नदिखिएकाले एचआईभी संक्रमितकै समुह बनाएर कम्बल वितरण गरिएको बताए ।

उनले ओलानी एचाआई संक्रमित धेरै भएको क्षेत्र भएकाले यस्ता व्यक्तिलाई लक्षित गरी कार्यक्रम गरिएको बताए । उनले आगामी दिनमा कम्बल वितरण गर्ने भन्दा पनि एचआईभी संक्रमितका लागि आयआर्जनका काम गरिने बताए । कम्बल वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका सामाजसेवी रमेश ताम्राकारले एचआइभी संक्रमितको ओलानी क्षेत्रमा धेरै समस्या भएको बताए ।

उनले आगामी दिनमा एचआइभी संक्रमितलाई स्वरोजगार बनाउन आवश्यक रहेको बताए । एचआइभी संक्रमितहरुले वडाबाट सहयोग पाउँदा धेरै खुसी लागेको बताएका थिए ।

Loading...