कैलाली र कञ्चनपुरका १६ ओटा पुलको मर्मत कार्य सुरु

अत्तरिया – कैलाली र कञ्चनपुरका १६ ओटा पुलको मर्मत कार्य सुरु भएको छ । महाकाली पुल योजना महेन्द्रनगरले सडक विभाग पुल महाशाखाको विआइएमपी–२ कार्यक्रमअन्तर्गत पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मका १४ र महाकाली राजमार्गका दुई ओटा गरी १६ वटा पुल मर्मतको कार्य सुरु गरेको हो ।

पुल मर्मतका साथै सडक स्तरोन्नतिकालागि गत असार २२ गते हिम सगरमाथा कन्सट्रक्सन प्रालीसँग १६ करोड ९३ लाख १८ हजार ५३९ रुपैँयामा ठेक्का सम्झौता भएको महाकालीे पुल योजना कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर कपिलप्रसाद पन्तले बताएका छन् । उनका अनुसार सो सम्झौता बमोजिम कम्पनीले पुल विस्तार वा प्रतिस्थापन र रेलिङ मर्मत वा प्रतिस्थापनका कार्य गर्नेछ । गत असार मै ठेक्का भएको भएपनि ढिलोगरी कार्य सुरु भएको हो ।

Navadurga sun

उत्त कार्यले पुललाई दिगो,भरपर्दो बनाउनुकासाथै पुलको आयु बढाउने र सडक सुरक्षामा समेत सुधार ल्याउन सहयोग पुग्ने पन्तको भनाई छ । सडक सुरक्षा स्तरोन्नति लगायत सडक स्टड स्थापना, पोष्ट, रोड मार्किङ, डेलिनेटर्स, डब्लु–मेटल बिम ट्र्यास ब्यारियर र ट्राफिक चिन्ह राख्ने कार्य भईरहेको पन्तले बताएका छन् । पुलको सुरक्षाका लागि नदी नियन्त्रण अन्तर्गत तटबन्ध निर्माणको कार्य पनि भईरहेको उनले बताएका छन् । कैलालीको खुटिया पुलकोलागि भने फाइल विभागमा पठाईएको उनले बताएका छन् ।

गत वर्ष खुटिया पुल मर्मतकालागि स्थानीयले आग्रह गरेपछी सडक डिभिजन कार्यालय महेन्द्रनगरले पुल मर्मतकालागि १ करोड २४ लाखमा ठेक्का लगाएको थियो । २०८० असार २५ गते काम सम्पन्न गर्ने गरी ॐ विरभद्र कन्सट्रक्सन धनगढीले २०७९ फाल्गुनमा ठेक्का पाएको थियो । तर कम्पनीले समयमा निर्माण गर्न नसक्दा गत वर्षाकै बाढीले निर्माणधिन संरचना पनि भत्काईसकेको छ ।

काम सम्पन्न नगरेको र भएको काम पनि बिचैमा भत्किएपछी कम्पनीलाई भुत्तानी पनि नगरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी पियुष चटौतले बताएका छन् । त्यस लगत्तै पुर्व पश्चिम राजमार्गका सबै पुल हेर्ने गरी सरकारले महाकाली पुल कार्यालयलाई जिम्मा दिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...