

धनगढी- बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालको सुदूरपश्चिम प्रदेश समिति गठन गरिएको छ । शनिवार धनगढीमा भएको प्रदेश भेला तथा वनभोज कार्यक्रममा ओम्सको प्रदेश समिति गठन गरिएको हो ।


सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित प्रदेश भेला तथा वनभोज कार्यक्रम जयराज मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो। भेलाका प्रमुख अतिथि ओम्स नेपालका केन्द्रीय अध्यक्ष सुर्य पराजुली रहेका थिए भने विशिष्ट अतिथिमा जिफन्टका प्रदेश अध्यक्ष जितबहादुर मल्ल रहेका थिए।



कार्यक्रममा कैलाली वितरक संघका अध्यक्ष सिद्धराज पनेरु, मदिरा ब्यावसायी संघ धनगढीका उपाध्यक्ष महेन्द्रकुमार सिंह, ओम्स नेपालका केन्द्रीय उपाध्यक्ष डम्मर ठकुल्ला, उपमहासचिव जनक ढकाल केन्द्रीय सदस्य महेश फुलारा, गोविन्द ओली, प्रमित पराजुली तथा मधेस प्रदेश संयोजक पंकज मिश्रको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनलाई समेत आमन्त्रण गरी २५ वटा पुस्तक खरिद गरिएको कैलाली वितरक संघका अध्यक्ष सिद्धराज पनेरुले बताए ।
उक्त भेलाबाट ओम्सको सुदूरपश्चिम प्रदेश महिला तथा युवा समिति गठन गरिएको पनेरूले बताए । प्रदेश समितिको अध्यक्षमा जयराज मिश्र, उपाध्यक्षमा प्रमिला भण्डारी, सचीवमा प्रेम कार्की, उपसचिवमा भुपेन्द्र बम, कोषाध्यक्षमा सुशील पौडेल, सदस्यमा कृष्ण पोखरेल, विजय केसी, देवराज पाण्डे, दीपक ढकाल, रुद्र पौडेल, तेजराज भट्ट, गोविन्द भण्डारी र लिलाधर भण्डारी चयन भएका छन् । यस्तै,पुष्कर सिंह धामीको अध्यक्षतामा ९ सदस्यीय युवा समिति चयन भएको छ ।
युवा समितिको उपाध्यक्षमा पर्मानन्द शर्मा, सचिबमा प्रेम सिंह धामी, उपसचिबमा लक्ष्मण शाह, कोषाध्यक्षमा राम प्रसाद भट्टराई चयन भएका छन्। भने सदस्यमा खेम धामी,मुकुन्द भट्ट, प्रकाश नाथ, गणेश कुवर रहेका छन् । यस्तै निरमाया चौधरीको अध्यक्षतामा महिला समिति चयन भएको छ । उपाध्यक्षमा उमा गिरि,सचिबमा शिल्पा खाती, उपसचिबमा प्रमिला पाठक, कोषाध्यक्षमा लक्ष्मी कडाला चयन भएका छन् । सदस्यमा कबिता आग्री,लबि बिस्ट,संगीता चौधरी,अनुशा पार्की चयन भएका छन् ।