धनगढीको स्टेपिङ स्कुलका विद्यार्थीले बनाएको मोटरसाइकल सार्वजनिक

धनगढी- धनगढीको स्टेपिङ स्टोन इङ्लिसको वार्षिकोत्सवमा विद्युतीय मोटरसाइकल सार्वजनिक गरिएको छ। विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र शिवराज भट्टले निर्माण गरेको सेन्सरबाट सञ्चालित मोटरसाइकल सार्वजनिक गरिएको हो।

वैज्ञानिक डाक्टर महावीर पुनलाई बसालेर भट्टले तयार गरिएको मोटरसाइकल मञ्चमा चलाइएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथि रहेका थिए। शनिवार विद्यालयको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो।

Bhancha ghar0

वार्षिकोत्सव कार्यक्रममा प्रदेश सभा सदस्य शिवसिंह ओली, वैज्ञानिक डाक्टर महावीर पुन,प्राध्यापक डाक्टर हेमराज पन्त,नास्ट कलेजका निर्देशक शिवहरि शर्मा मुडभरी, ऐश्वर्य विद्या निकेतनका प्रधानाध्यापक पिएन ओझा, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी, दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट,गौ सेवा समितिकी सञ्चालक रिता अवस्थी, विद्यालयका प्रधानाध्यापक रामजी हमालसहित लामो समयसम्म विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो।

वार्षिकोत्सव कार्यक्रममा सहभागी भएका वैज्ञानिक डाक्टर महावीर पुनसहितका प्रमुख अतिथि र अतिथिहरूले विद्यालयका स्मार्ट कक्षा कोठाहरूको अवलोकन गरेका थिए। वार्षिकोत्सवको अवसरमा विद्यालयले राष्ट्रिय आविष्कार केन्द्रलाई नगद ५१ हजार सहयोग गरेको छ। सहयोग रकम डाक्टर पुनलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य शिवसिंह ओलीले विद्यालयले प्रविधिको उच्चतम प्रयोग गरेर उत्कृष्ट पठनपाठन गरिरहेको बताए।

उनले विद्यालयले सुदूरपश्चिम र मुलुकमै आफ्नो अलग पहिचान बनाउन सफल भएको चर्चा गर्दै वर्तमान समयको माग अनुसारको जनशक्ति निर्माण गर्न विद्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य देवराज जोशीले विद्यालयले अङ्ग्रेजी भाषासँगै नेपाली भाषामा समेत समान किसिमले सुन्न, बोल्न, पढ्न र लेख्नमा जोड दिएको विद्यार्थीहरूले प्रदर्शन गरेको अतिरिक्त क्रियाकलाप हेर्दा थाहा भएको बताए। विद्यालयले आधुनिक प्रविधिसँग अभ्यस्त गराउँदै विद्यार्थीहरूमा मौलिक ज्ञान, विज्ञान र चिन्तनको विकास गर्न पनि काम गर्न सुझाव दिएका छन्।

वार्षिकोत्सवको अवसरमा प्रधानाध्यापक हमालसहित पविता शाही, यादवप्रसाद भट्ट, दिनेशकुमार गुप्ता, छत्रप्रसाद पाण्डेय, बसन्ती सिंह बम, शशी श्रेष्ठ, तारादेवी भट्ट, निलम चन्द, रन्जुकुमारी हमाल, शारदा भट्ट ओझा, हरिप्रसाद भट्ट, विजयकुमार चौधरी र राजकुमार कठरीयालाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट गोल्डमेडल, दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो। वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुती देखाएका थिए।

Loading...