बझाङमा घरको छतबाट खसेर एक बालक घाइते

बझाङ- बझाङमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन् । छबिसपाथिभेरा गाउँपालिका-२ मुगला घर भई जयपृथ्बी नगरपालिका-९ सिमखेतमा कोठा गरी बस्ने भिरु कडायतका ८ वर्षिय छोरा आयुश कडायत घरको छतबाट खसेर घाइते भएका हुन् ।

शनिवार दिउँसो ३ बजेतिर घरको छतमा खेल्ने क्रममा भुईमा खसेका कडाएतको आखाँ, मुख, छाति र टाउँकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । प्रहरी निरीक्षक चौधरीका अनुसार बालकको अवस्था गम्भीर रहेको छ । घाइते बालकलाई जिल्ला अस्पताल बझाङले बाहिर रेफर गरिएको जनाएको छ ।

Loading...