पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा बझाङका ६१ वर्षीय वृद्ध पक्राउ




अत्तरिया : पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । बझाङको जयपृथ्वी नगरपालिका-७ मा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६१ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको हो ।



जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बालिकालाई बलत्कार गरेको आरोपमा जयपृथ्वी नगरपालिका- ७ का ६१ वर्षीया जगदिश जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।


जोशीले असार १८ गते घरमा कोही नभएको मौका छोपेर बालिकालाई मिठाई दिन्छु भन्दै फकाएर आफ्नै कोठामा लगेर बलत्कार गरेको आफन्तको भनाइ छ । बालिकालाई जबर्जस्तीकरणी गरेको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएपछि असार २७ गते आइतबार जोशीलाई प्रहरीले पक्राऊ गरेको हो ।



