राष्ट्र राष्ट्रियता धर्म सस्कृति र नागरिक बचाउ महाअभियान नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्रीय भेला सम्पन्न

अत्तरिया- राष्ट्र राष्ट्रियता धर्म सस्कृति र नागरिक बचाउ महाअभियान नेपालले सुदूरपश्चिमाञ्चल क्षेत्रीय भेला २०८० गरेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मयुर होटलमा बिहीबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा सुप संयोजक दिल बहादुर बजगाईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सेती अञ्चल अध्यक्ष मान सिह साउद रहेका थिए ।

कार्यक्रममा अध्यक्ष बजगाईले दुर्गा पर्साइले मात्र गरेर हुदैन हामिहरुले पनि उहाँलाइ साथ दिनु पर्छ । ऋणिहरुको ऋण मिनाहा हुनु पर्छ उनले भने ।

कार्यक्रममा बैंक, लघुबित्त तथा सहकारीहरुले आफ्ना ऋणि नागरिकहरुलाई गरेको अन्याय पुर्ण चरम आर्थिक शोषण र धरपकडका कारण आज नागरिकहरुले विभिन्न समस्या भोक्नु परेको गुनासो सबै जना ऋणिले गरेका थिए । अब हामिले बैंक, लघुबित्त तथा सहकारी विरुद्ध कडा भन्दा कडा भएर सबै जना मिलेर अघी बढनु पर्छ लगायतका धारणा व्यक्त गरेका छन् ।

त्यस्तै फागुन १ गते काठमाण्डौमा पुर्व राजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । भने फागुन २ गते देखि काठमाण्डौ लगायत देशैभरि बन्द हडताल तथा चक्काजाम जस्ता बिरोध कार्य गर्ने, बिरोध कार्यमा सहयोग गर्न सबैले आफ्नो स्थानमा सडकमा उत्रिनु पर्ने, लघुवित्त कुनै न कुनै पार्टीको व्यक्तिबाट सञ्चालित भएको हुँदा लघुवित्तको जुनसुकै किसिमको ऋण नतिर्न अनुरोध गरिएको भनिएको छ ।

कम्तिमा पनि २० लाखसम्मको ऋण मिनाहा गर्ने योजना रहेको, अन्य प्रदेशहरूमा स्थानीय स्तरसम्म समितिहरू निर्माण भइसकेकोले सुदूरपश्चिममा समेत हुनुपर्ने लगायतका कुराहरु भेलामा सम्बोधन गरिएको छ । त्यस्तै विशिष्ट अतिथि समाजसेवी हर्क स्वाङ लगायत करिब २५/३० जनाको सहभागीता रहेको थियो ।

Loading...