श्याम देउवाको मृत्युको अनुसन्धानका क्रममा पक्राउ परेका ६ जना रिहा

धनगढी- कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियाका श्याम देउवाको मृत्युको अनुसन्धानका क्रममा पक्राउ परेका ६ जना रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, कैलालीले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीलाई नै फाइल फिर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख देवेन्द्र बहादुर पाललले सरकारी वकिलको कार्यालयबाट थप अनुसन्धानका लागि निर्देशन आएको बताए । उनका अनसार हत्या आरोपमा पक्राउ परेका ६ जनालाई हाजिरी जमानीमा छोडिएको हो । सरकारी वकिलको निर्देशनपछि उनीहरू रिहा भएका छन् ।

Bhancha ghar0

कैलालीको गोदावरी नगरपालिका-१ का २७ वर्षीय विनोद शाह, गोदावरी-६ का २४ वर्षका प्रकाश ओली, गोदावरी-१ का २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका-९ का ३८ वर्षीय रामबहादुर ऐरलाई देउवाको हत्या आरोपमा पक्राउ गरेको थियो ।

अत्तरिया स्थित न्यू दोहोरी साँझमा २५ पुसको राति गएका श्याम देउवा त्यहाँ वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए । उनी सँगै गएका कृष्णपुरकै टेक बहादुर नायक मोबाइल दोहोरी साँझमै छुटेको भन्दै लिन फर्केका बेला देउवा त्यहाँबाट एक्लै हिँडेका थिए । तर, भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा देउवा अर्धचेतन अवस्थामा भेटिएका थिए ।

शरीरमा चोटपटक देखेपछि आफन्तले उपचारका लागि त्यही दिन धनगढी ल्याएका थिए, उनको उपचारकै क्रममा मृत्यु भएको थियो । देउवाको हत्या गरिएको भन्दै उनीसँगै गएका साथी सहित ६ जना विरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो । यो घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली समेत आएको थियो ।

Loading...