Satyawati
Division ban Pahalmanpur

कैलालीमा ६ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कैलाली- कैलालीमा ६ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । सङ्घीयतापछि स्थापना भएको पूर्वाधार विकास कार्यालय कैलालीले हालसम्म जिल्लाका विभिन्न ठाउँमा ती पुल निर्माण गरेको हो ।

१२ करोड ३९ लाख रुपैयाँमा निर्माण भएका झोलुङ्गे पुलबाट ६ हजारबढी जनसंख्या प्रत्यक्ष लाभान्वित भएको पूर्वाधार विकास कार्यालय कैलालीका सूचना अधिकारी विनोद खड्काले जानकारी दिए ।

प्रदेश सरकारको लागतमा निर्माण भएका ६ वटा पुल मध्ये ३३ वटा पुल उपभोक्ता समिति र ३ वटा पुल पूर्वाधार विकास कार्यालयले टेन्डर मार्फत सम्पन्न गरेको उनले बताए ।

Malpot office dadeldhura

सूचना अधिकारी खड्का अनुसार ०७७/७८ मा २ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । ती मध्ये एउटा पुलले कैलाली र डोटी २ जिल्लालाई जोडेको छ । कैलालीको चुरे गाउँपालिका-१ र डोटीको जोरायल गाउँपालिका-६ जोड्ने १११.५ मिटरको निगाली झोलुङ्गे पुल ४६ लाख २२ हजारमा निर्माण सम्पन्न भएको तथा ७ सय २० जना लाभान्वित भएको उनले बताए । त्यस्तै जोशीपुर गाउँपालिका-४ र जानकी गाउँपालिका-७ जोड्ने ८०.२ मिटरको बारीगाउँ झोलुङ्गे पुल ७१ लाख ४३ हजारमा निर्माण सम्पन्न भएको र १ हजार १० जना लाभान्वित भएका उनले बताए ।

०७९/८० मा ४ वटा पुल निर्माण सम्पन्न भएका छन् । ८३ लाख ५२ हजार रुपैयाँमा निर्माण भएको कैलारी गाउँपालिका-१ र ५ जोड्ने ९८ मिटरको डम्मरा बन्दरगौडी झोलुङ्गे पुलबाट ५ सय ३४ जना लाभान्वित भएका पूर्वाधार विकास कार्यालयले जनाएको छ । त्यस्तै घोडाघोडी नगरपालिका-९ र १० जोड्ने २ सय ८० मिटर लामो कान्द्रा नदी झोलुङ्गे पुल ३ करोड ८४ लाख २३ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको तथा १ हजार २ सय जना प्रत्यक्ष लाभान्वित भएको छ ।

त्यस्तै २ करोड ७५ लाख ७४ हजार रुपैयाँमा घोडाघोडी नगरपालिका-४ मा बनेको २ सय ३ मिटरको टयाङ्ना खोला झोलुङ्गे पुलले १ हजार ५ सय जना प्रत्यक्ष लाभान्वित भएको र ३ करोड ७७ लाख ८६ हजारमा निर्माण भएको गोदावरी नगरपालिका-९ शेहरी र वल्मी जोड्ने २८०.६ मिटरको सहरी-बल्मी झोलुङ्गे पुलले १ हजार २ सय ५० जना भन्दा लाभान्वित भएको सूचना अधिकारी खड्काले बताए ।

पुल बनेपछि आवतजावतमा धेरै सहज भएको कैलालीको गोदावरी नगरपालिका-९ बल्मीका स्थानीय वीर बहादुर विकले बताए । उनले भने, “बल्मीबाट शेहरी जान वर्षात्को समयमा समस्या हुन्थ्यो । वडा कार्यालय पनि सेहरीमै जाने आउने काम परिरहन्छ । पुल बन्दा गत वर्ष देखि सहज भएको छ ।”

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...