पछिल्ला वर्षहरूमा क्यान्सर सुषुप्त महामारीको रुपमा फैलिदै

सुदूरपश्चिममा चालु आर्थीक वर्षको ७ महिनाको अवधिमा २६२ जना महिलामा प्रि-क्यान्सर

अत्तरिया- नेपालमा पछिल्ला वर्षहरूमा क्यान्सर सुषुप्त महामारीको रुपमा फैलिदै गईरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा नसर्ने रोगबाट हुने कुल मृत्युको कारण मध्ये ११।११ प्रतिशत क्यान्सरबाट हुने गरेको छ । क्यान्सरबाट ग्रसित भई अस्पताल पुगेका बिरामीले पनि उपकरण र जनशत्तिको अभावमा उपचार पाउन महिनौँ कुर्नपर्ने बाध्यता छ । पछील्लो समय महिलाहरुमा हुने पाठेघरको क्यान्सरको अवस्था पनि उच्च देखीदै गएको छ ।

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट मात्रै हरेक दिन ४ महिलाले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ । यसैबिच सुदूरपश्चिममा चालु आर्थीक वर्षको साउन देखी माघ २४ गते सम्म (झण्डै ७ महिनाको अवधीमा) २६२ जना महिलामा प्रि-क्यान्सर देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । ३ हजार ७४२ जनामा भिजुयल इन्फेक्सन आफ्टर एसिटिकएसिड (भिआईए) गरिएकोमा २६२ जना महिलामा प्रि-क्यान्सर देखिएको स्वास्थ्य निर्देशनालय दिपायलका सुचना अधिकारी धर्मानन्द गिरीले जानकारी दिएका छन् । सबैभन्दा बढी बाजुरामा १४६ जना रहेको उनले बताए ।

Navadurga sun

यहाँ ८४८ जनामा भिआईए जाँच गरिएकोमा ३० देखी ४९ उमेर समुहका १४५ जना र ५० माथीकी एक जना महिलामा प्रि-क्यान्सर देखीएको निर्देशनालयले जनाएको छ । त्यस्तै कैलालीमा ८९६ जनामा भिआईए गरिएकोमा ३० देखी ४९ उमेर समुहका ५७ र ५० माथीका १२ जनामा प्रि-क्यान्सर देखीएको निर्देशनालयको तथ्यांक छ ।

त्यसैगरी डोटीमा ३४१ जनामा जाँच गर्दा ३० देखी ४९ उमेर समुहका ३८ जना प्रि-क्यान्सर पाईएका छन् । बझाङमा २७३ जना जाँच गर्दा ३० देखी ४९ उमेर समुहका ३ र ५० माथीका २ जनामा गरी ५ जना महिलामा प्रि-क्यान्सर पाईएको छ ।

दार्चुलामा २०५ जनाले जाँच गरेकोमा ३० देखी ४९ उमेर समुहका २ जनामा प्रि-क्यान्सर भेटिएको निर्देशनालयले जनाएको छ । त्यस्तै बैतडीमा १३६ जनाले जाँच गरेकोमा ५० वर्ष माथीकी एक महिलामा प्रि-क्यान्सर देखीएको छ भने कञ्चनपुरमा ४८५ जनाले जाँच गरेकोमा १ जनामा प्रि-क्यान्सर देखीएको तथ्यांक रहेको छ । अछाममा ४७३ जना र डडेल्धुरामा ८५ जनाले जाँच गरेकोमा पोजेटिभ देखीएका छैनन् । नौ ओटै जिल्लाको तथ्यांक नियाल्दा शिवीरको आयोजना भएका जिल्लामा आङ खसेका तथा क्यान्सरको मुखमा पुगीसकेका महिलाको संख्या उल्लेख्य रहेको देखीएको गिरीको भनाई छ ।

“लाज मानेर पनि अस्पतालसम्म पाठेघरको जाँचका लागि कतिपय महिला पुग्दैनन् उनले भने यसकोेलागि विकल्प भनेको शिवीर नै हो ।” निर्देशनालयले गतवर्ष देखी मात्रै क्यान्सर प्रभावित महिलाहरुको तथ्यांक राख्न सुरु गरेको थियो । गतवर्ष प्रदेश भरी १४ हजार ९१८ जनाले जाँच गरेकोमा २४५ जनामा प्रि-क्यान्सर देखीएको तथ्यांक निर्देशनालयसंग रहेको छ । तर उनीहरु त्यसपछी कस्तो अवस्थामा छन् भन्नेचाँहि तथ्यांक नरहेको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक उत्तम उपाध्यायले बताएका छन् ।

उनका अनुसार निर्देशनालयले परिवार रुग्णता सेवा तथा प्रजनन् स्वास्थ्य कार्यक्रम मार्फत विभीन्न जिल्लामा शिवीरको आयोजना गर्दै आएको छ । बाजुरामा लामो समय देखी स्वास्थ्यका क्षेत्रमा काम गर्दै आईरहेको गैर सरकारी सँस्था आड्रा नेपालले गत कात्र्तिकमा शिवीरको आयोजना गरेका कारण यहाँका उल्लेख्य महिलामा प्रि क्यान्सर देखीएको निर्देशनालयको भनाई छ । पाठेघरको क्यान्सर भनेको पाठेघरको मुख र पाठेघर भित्रको क्यान्सर हो । प्रि-क्यान्सर क्यान्सर हुनुभन्दा अगाडिको स्टेप हो । प्रि-क्यान्सर स्टेप मै गरिएको उपचारले क्यान्सर हुनबाट जोगाउँछ । त्यसले पाठेघर मुखको क्यान्सर हुन नदिन सकिन्छ ।

ADD Khali jpg
Loading...