छिमेक लघुबित्त बित्तिय संस्थाद्वारा गुनासो सुनुवाई ईकाई भेला कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय गेटाको आयोजनामा दशौंं ग्राहक/सदस्य गुनासो सुनुवाई (ईकाई भेला) कार्यक्रम सम्पन्न भएको छ ।

Ganyapdhura gau

संस्थाको गेटा शाखमा ९ जना कर्मचारीहरु रहेको छन् भने ३ हजार ८ सय ७ जना जम्मा सदस्यहरु रहेका छन । छिमेक लघुवित्त वित्तीय संस्था गरिब तथा बिपन्न समुदायमा कार्य गर्ने एक बित्तिय संस्था हो । ग्रामीण बिकासको आधार लघुवित्तको गुणात्मक बिस्तार भन्ने मुल नाराका साथ अघि बढेको यस संस्थाले बिना भेदभाव आफ्नो कार्य क्षेत्र भित्रका बिपन्न तथा गरीब महिलाहरुलाई सामुहिक जवानीमा बिना धितो कर्जा प्रवाह गरेको छ ।

Navadurga sun
Dadhaldhura pur

२०४८ सालमा स्थापना गरेको उक्त छिमेक समाज सेवा सँस्थाबाट सुरू भएको लघुवित्त कार्यक्रम २०५८ मंसिर ११ देखि बित्तिय संस्थाको रूपमा रहि लघुवित्त कारोबारको सुरुवात गरि हाल नेपालका ६९ वटा जिल्लाहरुमा १ सय ९७ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै शाखा कार्यालय गेटाको इकाइ भेला कार्यक्रम बुधबार भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा उत्कृष्ट ऋणि, बचत कर्ता, उत्कृष्ट ब्यबसायिहरुलाई सम्मान समेत गरिएको थियो ।

हाल संस्थाको नाफा २३ लाख ६८ हजार ४ सय ४६, बचत ३२ करोड ७५ लाख २५ हजार १ सय ७६ र कर्जा ४१ करोड ५२ लाख ६५ हजार ७ सय ४२ रहेको छ ।

कार्यक्रममा उत्तम राज कट्टेल, मेघ बस्नेत, राजेन्द्र पन्त, ज्ञानेन्द्र सुनार, दुर्गा घिमिरे लगायत ईकाई सदस्यहरुको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...