सुदूरपश्चिममा प्रज्ञा प्रतिष्ठान सञ्चालनका लागि ऐन संशोधन गर्न छलफल

धनगढी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुमन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि यस सम्बन्धी ऐनलाई संशोधन गर्न संशोधन विधेयक ल्याउनु परेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सभाको बुधबार बसेको बैठकमा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले प्रज्ञा प्रतिष्ठान प्रारम्भिक अवस्थामा रही प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको अवस्था रहेकाले यस सम्बन्धी ऐनलाई समयानुकूल बनाउन संशोधन विधेयक ल्याइएको स्पष्ट पारे ।

Navadurga sun

विधेयक माथिको छलफलमा प्रदेश सभाका सदस्य मान बहादुर रावल, शिवसिंह ओली, राजेन्द्र सिंह रावल, इन्दिरा गिरी, प्रकाश रावल र तुल्सी देवकोटाले भाग लिएका थिए । यस अघि आन्तरिक मामिला तथा कानुनमन्त्री भट्टले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...