धनगढी- कैलालीको धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छिन् । धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ३३ हजार ३ सय मूल्यको चिनी, बिडी, सुर्ती, गोल्डि मसाला, सुपारी, दुध पाउडर, आन्टी लगायतका सामान सहित सोही ठाउँ बस्ने ४० वर्षीया तारादेवी कामी मंगलवार साँझ पक्राउ परेकी हुन् ।
उनलाई प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ३२ हजार मूल्यको प्याज, चिनी, पानिपुरी, सरफ, पास्ता, अचार लगायतका सामान प्रहरीले बरामद गरेको छ ।
उता कञ्चनपुरको बेलौरी नगरपालिका-८ कलकत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २३ हजार २ सय ५० मूल्यको प्याज, न्यानो गलैचा कपडा, साईकल लगायतका सामान नियन्त्रणमा लिएको छ । मंगलवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारेका उक्त सामान सम्बन्धित भन्सार कार्यालयमा पठाइएको छ ।