सर्वोच्चको फैसलासँगै देउवाको गृहप्रदेश सुदूरपश्चिममा खुसियाली

धनगढी :  सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै देउवाको गृहप्रदेश सुदूरपश्चिममा खुसियाली मनाउन थालिएको छ।

सामाजिक सञ्जाल फेसबुकमा देउवालाई बधाई दिनेको पनि ओइरो छ। पाँचौँ पटक देउवा प्रधानमन्त्री हुन लागेको भन्दै नेपाली कांग्रेससहित अन्य दलका नेता कार्यकर्ताले पनि बधाई दिएका छन्। डडेल्धुरा गृहजिल्ला भएका देउवा अहिलेसम्म भएका निर्वाचनमा अपराजित छन्।

Navadurga sun

यता, नेकपा एमालेभित्र केपी शर्मा ओली पक्षका नेताहरूले भने अदालतको फैसलाविरुद्ध अभिव्यक्ति दिन थालेका छन्। ओली पक्षका नेता नारदमुनी रानाले अदालतको फैसलाले अस्थिरता र भिडन्त निम्त्याएको प्रतिक्रिया जनाएका छन्। ओली पक्षका नेता तथा सुदूरपश्चिमका पूर्वमन्त्री पठानसिंह बोहरा, एमाले प्रदेश सचिव राजेन्द्र रावल लगायतले पनि अदालतको परमादेशविरुद्ध अभिव्यक्ति दिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...