कैलालीमा वन मुद्दाका फरार प्रतिबादी पक्राउ

Bhancha ghar0

धनगढी- कैलालीमा वन मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् । फरार रहेका कैलालीको गौरीगंगा नगरपालिका-९ बस्ने ३८ वर्षीय महेन्द्र देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ घरबाट पक्राउ गरेको हो ।

वन मुद्दामा जिल्ला अदालत कैलालीले १ महिना कैद सजाय र ९ लाख जरिवाना फैसला सुनाएपछि देउवा फरार रहेका थिए ।

Loading...