Division ban Pahalmanpur

कैलालीको गोदावरीमा होटल हिल टप क्याफे सञ्चालनमा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरीमा होटल हिल टप क्याफे सञ्चालनमा आएको छ । गोदावरी-६ लालपुरका टेक साउँदले क्याफे सञ्चालनमा ल्याएका हुन । उक्त क्याफेको मंगलबार गोदावरी नगरपालिकाका निर्वतमान नगर प्रमुख हरि सिँ साउँदले उद्घाटन गरेका हुन् ।

Malpot office jogbudha

उक्त उद्घाटन कार्यक्रममा बोल्दै साउँदले पर्यटकिय क्षेत्रका रुपमा विकास भैरहेको गोदावरीमा होटल व्यवसाय खुल्नु खुसीको कुरा भएको बताए । उनले गोदावरी क्षेत्र हाल पनि पर्यटकिय क्षेत्रका रुपमा रहेको र यहाँ आउने पर्यटकहरुलाई आवश्यकता अनुसारका परिकारहरु प्रदान गर्ने काम होटलहरुले गर्ने गरेको बताए ।

‘यहाँ होटलहरु हुनुपर्ने आवश्यक छ’ उनले भने ‘यहाँ आउने पर्यटकहरुलाई चाहना अनुसारका खानेकुरा प्रदान गर्दा पर्यटकहरुको आकर्षण अझै बढ्न जान्छ ।’ उनले नयाँ व्यवस्थापनका साथ र केही फरक तरिकाले खानाका परिकारहरु पस्किने गरी सञ्चालनमा आएको हिल टप क्याफेको सफलताको शुभकामना व्यक्त गरे ।

क्याफेका सञ्चालक टेक बहादुर साउँदले ग्राहकहरुलाई आवश्यकता अनुसारका खानाका परिकारहरु प्रदान गर्ने लक्ष्यका साथ क्याफे सञ्चालनमा ल्याएको बताए । उनले क्याफेमा मुख्यगरी लोकल कुखुराका विभिन्न परिकारहरु नै रहने बताए । ‘यहाँ खाना नास्ताका अन्य परिकारहरु त रहने नै भए, मुख्य गरी लोकल कुखुराका परिकारहरु थप स्पेशल परिकारका रुपमा रहनेछन’ उनले भने ‘यहाँ आउने ग्राहकहरुलाई स्पेशल परिकारको स्वाद दिने हाम्रो लक्ष्य छ ।’ उनले क्याफे सञ्चालनका लागि करिब ७ लाखको हाराहारीमा लगानी लगाएको बताए । उनले क्याफेका लागि घर भने भाडाँमा लिएको बताए । क्याफेमा लोकल ग्रेभी, लोकल तड्का, पनिर फ्राई, चिकेन लेगपिस, चिकेन रोष्ट, चिकेन तन्दुरी लगायतका चिकेनका परिकारहरु रहने बताईएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...