कैलालीमा एक जना मृत अवस्थामा फेला

Bhancha ghar0

धनगढी- कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भजनी नगरपालिका-२ मोहनपुरस्थित भजनी जोशीपुर सडक-खण्ड नजिकै रहेको रामभरौसे चौधरीको शौचालयमा नाम थर नखुलेको अन्दाजी ७२ वर्षीय पुरुष मृत अवस्थामा सोमवार दिउँसो फेला परेका हुन् । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Loading...