कञ्चनपुरमा गाँजा सहित एक जना किशोर पक्राउ

Bhancha ghar0

कञ्चनपुर- कञ्चनपुरमा गाँजा सहित एक जना किशोर पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका-५ धरमपुरबाट ४.१८ ग्राम लागूऔषध गाँजा सहित सोही ठाँउ बस्ने १९ वर्षीय किशोर चेतन बोहरा सोमवार राति पक्राउ परेका हुन् ।

प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बोहराको साथबाट गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...