अत्तरिया महोत्सव स्थल लामिताल परिसरमा सरसफाई

अत्तरिया- गोदावरी नगरपालिकाको अत्तरिया महोत्सव स्थल लामिताल परिसरमा सरसफाई गरिएको छ । सोमबार उद्योग वाणिज्य संघले सरसफाई गरेको हो । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा सरसफाई भएको जनाएको छ ।

महोत्सव सम्पन्न भएको दुई हप्ता भन्दा बढी समय भईसक्दा पनि सरसफाइ नभएको सामाजिक सञ्जालमा आलोचना समेत भएको थियो । सोमबारको अत्तरिया न्यूजमा महोत्सव सम्पन्न भएको २ हप्ता पुग्दा समेत सरसफाई हुन सकेन भन्ने समाचार समेत प्रकाशन भएको थियो ।

Navadurga sun

सञ्चारमाध्याममा समाचार प्रकाशन भएपछि अनेरास्वियुले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस इकाई कमिटीले मंगलबार सरसफाईको कार्यक्रम राखेको थियो । सोमबार संघले नै सरसफाई गरेकोले स्थगित भएको जनाएको छ ।

ADD Khali jpg
Loading...