कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य थप गरिदा पनि निर्माण अधुरै

धनगढी– कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य थप गरिएको समयमा पनि पूरा हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण पहिलो पटक थप गरिएको समयावधि सकिँदा पनि स्तरोन्नतिको कार्य पूरा हुन नसकेको हो ।

यहाँ विभिन्न सात प्याकेजमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । धनगढीको क्याम्पस रोडदेखि कट्नी खोलासम्मको सात किलोमिटरको पहिलो प्याकेज स्तरोन्नतिको कार्य मात्रै तोकिएको समयमा पूरा भएको छ । पहिलो प्याकेजको सहरी क्षेत्रमा चार लेनको राजमार्ग बनाइएको छ । बाँकी पूर्वपश्चिम र उत्तरदक्षिणमा स्तरोन्नति भइरहेको छ वटै प्याकेजको निर्माण तोकिएको समयावधिमा पूरा हुन सकेको छैन ।

Navadurga sun

अधिकांश प्याकेजको काम आधा पनि भएको छैन । ती सबै प्याकेजको पहिलो पटक थप गरिएको समयावधि गएको पुसमै सकिएको छ । लम्की–टीकापुर–खक्रौला खण्डको आठ किलोमिटरमा राजमार्ग स्तरोन्नतिको काम आधा पनि नभएको हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ । उक्त सडक निर्माणको प्याकेज अनुसार भौतिक प्रगति ३५ देखि ४५ प्रतिशतसम्म पुगेको आयोजना कार्यालयका इन्जिनियर बर्खबहादुर कठायतले बताए ।

उहाँका अनुसार पहिलो पटक थप गरिएको म्याद गुज्रिँदासम्म राजमार्ग स्तरोन्नति कार्य पूरा नभएपछि पुनः म्याद थपको प्रक्रिया अगाडि बढाइएको छ । “छ महिनादेखि बढीमा एक वर्षसम्म म्याद थप हुन्छ,” कठायतले भने, “यही गतिमा काम भएमा थपिएको समयमा पनि काम पूरा हुने जस्तो देखिँदैन ।” पूर्वपश्चिम अन्तर्गतको हुलाकी राजमार्ग निर्माणको काम एकदेखि तीन प्याकेजमा स्वच्छन्द जोशी जेभीले काम गरिरहेको छ । कट्नी खोलादेखि १४ किलोमिटर दुरीमा दोस्रो प्याकेजको ३२ करोड ३० लाख रुपियाँमा काम भइरहेको छ ।

त्यस्तै १९ देखि ३१ किलोमिटर खण्डलाई तेस्रो प्याकेज बनाएर स्तरोन्नति भइरहेको छ । यो खण्ड २७ करोड ८५ लाख रुपियाँमा ठेक्का भएको थियो । भजनीको ठेकीपुर पुलदेखि चौथो प्याकेजमा कालिका–जोशी जेभीले काम गरिरहेको छ । ३२ करोड ६६५ लाख रुपियाँमा यो खण्डको ठेक्का भएको थियो । यसै गरी उत्तरदक्षिणतर्फ हुलाकी राजमार्ग निर्माण कार्य अन्तर्गत लम्की–टीकापुर–खक्रौला खण्डको आठ किलोमिटरका पहिलो प्याकेज बनाएर काम भइरहेको छ । यसको ठेक्का अवधि गत असार ५ गते सकिएको हो ।

४० करोड १९ लाख रुपियाँमा ठेक्का पाएर कालिका–कुमार जेभीले काम गरिरहेको छ । आठ देखि १८ किलोमिटरसम्मको दोस्रो प्याकेजको थप म्याद पनि गत पुस २५ गते नै सकिएको छ । ४० करोड ९९ लाखमा एपेक्स–खड्का–कृष्ण जेभीले काम गरिरहेका छन् ।

टीकापुर–खक्रौलासम्म ११ किलोमिटर रहेको तेस्रो प्याकेजको म्याद पुस १३ मै सकिएको छ । यो खण्डमा ३३ करोड २० लाख रुपियाँ लागतमा रायमाझी–गल्वा जेभीले गरिरहेको छ । कैलालीमा आर्थिक वर्ष २०६४/६५ देखि आव २०७७र७८ बाट हुलाकी स्तरोन्नतिको कार्य भइरहेको छ । जस अन्तर्गत सहरी क्षेत्रमा चार लेन र बाँकी अरू क्षेत्रमा दुई लेनमा राजमार्ग स्तरोन्नति गरिँदै आएको छ । गोरखापत्रबाट

ADD Khali jpg
ADD Khali jpg
Loading...