Satyawati
Division ban Pahalmanpur

धनगढीमा ग्रास रुट क्रिकेटका लागि २ प्रशिक्षक नियुक्त

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- क्रिकेटको शहर धनगढीमा सञ्चालन भईरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि २ जना प्रशिक्षक नियुक्त भएका छन् । गत माघ ६ गते धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निणर्य गरेको थियो ।

उक्त निणर्य कार्यान्वयनका लागि लेभल वान प्रशिक्षक देबनारायण झा र ज्ञानेन्द्र क्षेत्रीलाई प्रशिक्षकमा नियुक्त गरिएको हो । गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले आइतबार दुबै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरे । गो ड्रिमर्सले उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा हाल ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दैछ ।

Malpot office dadeldhura

जस मध्ये धनगढी वडानम्बर १२ स्थित श्री सिद्धनाथ मावि, जुगेडामा क्षेत्री र धनगढी वडानम्बर १८ स्थित श्री चन्द्रोदय मावि, फुलबारी झाले प्रशिक्षण गराउनेछन् । गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको यो कार्यक्रमका लागि योग्य प्रशिक्षक अनुबन्ध गर्न पाउँदा खुशी व्यक्त गर्दै दुबै जनालाई शुभकामना दिए ।

२०५९ सालदेखि नै क्रिकेट खेल्न थालेका झाले सुदूरपश्चिममा सम्पन्न छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म आफ्नो खेलाडी करिअर अघि बढाएका थिए । त्यसपछि उनले प्रशिक्षकका रुपमा भूमिका निर्वाह गरेका हुन् । उनले आइसीसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् । स्कुल लेभलबाट क्रिकेट सुरु गरेका क्षेत्रीले यू १९ देखि राष्ट्रिय प्रतियोगिताहरुमा खेलिसकेका छन् ।

खेलजीवन पछि उनले २०७२ सालदेखि प्रशिक्षण थालेका हुन् । उनले आइसीसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् । दुबै प्रशिक्षण केन्द्रमा लगत्तै प्रशिक्षण सुरु हुने अध्यक्ष शाहीले जनाए । केन्द्र आपपासका क्रिकेट प्रशिक्षण लिन चाहाने इच्छुक खेलाडीहरुलाई विद्यालयमा सम्पर्क राख्न समेत गो ड्रिमर्सले अनुरोध गरेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...