डडेल्धुरा– डडेल्धुराको भागेश्वर गाउँपालिकाले सात वर्ष पछि बल्ल गाउँपालिकाको केन्द्र तोकेको छ । गाउँपालिकाको हिउँदे अधिवेशनबाट बहुमत कार्यपालिका सदस्यले वडा नम्बर ५ मा रहेको टप्वा क्षेत्रलाई केन्द्र बनाउने गरि निणर्य गरेको हो ।
विभिन्न मतभिन्नताका कारण गाउँपालिकाले विगत ७ वर्षदेखि केन्द्र तोक्न सकेको थिएन । सोही कारण विगतमा बगरकोटबाट गाउँपालिकाले कार्य सम्पादन गरिरहेको थियो । बगरकोटलाई नै निरन्तरता दिनेकी टप्वामा केन्द्र तोक्ने भनेर गाउँपालिकामा मतान्तर रहेको थियो ।
तर आइतबारको बैठकमा भएको मतदानले टप्वाको पक्षमा बहुमत प्राप्त भएकाले अब गाउँपालिकाको केन्द्र टप्वा बनाइने निणर्य भएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले जानकारी दिए । टप्वाका पक्षमा २१ कार्यपालिका सदस्यले मतदान गरेका थिए भने बगरकोटमै केन्द्र हुनपर्छ भन्ने पक्षमा ४ मत खसेको थियो भने एक मत बदर र एक जना अनुपस्थित रहेको उनले बताए ।