सुदूरपश्चिममा हराउन थाले दमाहा बाजा

बाजुरा– विभिन्न गाउँबस्तीमा पाइने दमाहा बाजा पछिल्लो समय हराउँदै गएका छन् । नयाँ पुस्ताले यस्ता बाजाप्रति खासै चासो नदेखाउँदा तथा आधुनिक बाजाका कारण परम्परागत बाजा हराउन थालेका हुन् । गाउँमा विवाह व्रतबन्ध, भुवा, दसैँ र बिसुपर्वका प्रयोग गरिँदै आएका दमाहा, सहनाई, नरसिङ्गालगायतका बाजा बिस्तारै लोप हुँदै गएका छन् ।

Ganyapdhura gau

दमाहा बाजाको छुट्टै महत्व रहिआएको भए पनि युवा पुस्ताले त्यो बाजा बजाउन खासै चासो नदिँदा दमाहा लोप हुँदै गएको त्रिवेणी नगरपालिका–८ का स्थानीय पदम बुढाले बताए । उनले भने, “पहिला जिल्लाका विभिन्न गाउँमा प्रयोग हुने यो दमाहा बाजा पछिल्लो समय गाउँबाट बिस्तारै लोप हुँदै गएको छ ।” बाजुरामा कला संस्कृतिसँग नजिक भएको यो बाजा क्रमिक रूपमा लोप हुने अवस्थामा पुगे भनाइ उनको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

दमाहा बाजा यहाँका दलित समुदायका आउजी, नगार्जी, नेपाली, ढोली, दमाई थरका व्यक्तिले बजाउने चलन छ । बुढीगङ्गा नगरपालिका–२ का बादुरे नेपालीले बजारमा आएका विभिन्न बाजा तथा डिजेका कारण पुराना बाजा बिस्तारै लोप हुँदै गएको बताए । आधुनिक बाजा भित्रिएका कारण पुस्तौँदेखि बजाउँदै आएको दमाहा लोप हुने अवस्थामा पुगेको छ ।

पानीले दुई दिन जति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहा बखर्ने अर्थात् दमाहामा छाला लगाउने बदेडाका प्रेम नेपालीले बताए । उनका अनुसार यो बाजामा मरेको गोरुको छाला दुई दिन पानीमा भिजाएर नरम बनाई बखर्नु पर्छ अनि आवाज पनि बढी आउँछ ।”

बाजुरामा प्रदेश तथा सङ्घीय सरकारबाट उच्च ओहदाका व्यक्ति गाउँ आएपछि यो दमाहा बजाएर स्वागत गरिन्छ । उच्च तहका व्यक्ति आउँदा स्वागतमा बाजा बजाउने चलन अहिले पनि रहेको छ । “गाउँघरबाट दमाहा भने बिस्तारै लोप हुने अवस्थामा छ । यसको संरक्षण तथा प्रवर्धनमा स्थानीय सरकारको ध्यान जान जरुरी छ,” बुढीगङ्गा नगरपालिकाका तुलाराम नेपालीले भने । गोरखापत्र

Loading...