डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते

Malpot office dadeldhura

डोटी- जंगलमा घाँस काट्दै गरेकी एक महिलालाई डोटीमा शनिबार दिउँसो भालुले आक्रमण गरी घाइते बनाएको छ । शनिबार दिउँसो भालुको आक्रमणबाट आदर्श गाउँपालिका-२ कुचेडाकि २४ वर्षीया देउसरा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सिताराम विष्टले बताए । विष्टका अनुसार भालुको आक्रमणबाट बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ ।

घाइते महिलालाई थप उपचारका लागि मौवा स्वास्थ्य चौकीबाट सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ । गत महिनामात्र केआईसिंह गाउँपालिकामा भालुको आक्रमणमा परी १ महिलाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...