कैलालीको अत्तरियामा ‘बर्गर हाउस’ सञ्चालनमा

हप्ताको २ दिन सांगीतिक कार्यक्रम समेत हुने

अत्तरिया- सुदूरपश्चिम प्रदेशको केन्द्र बिन्दु कैलालीको अत्तरिया बजारमा ‘बर्गर हाउस’ एण्ड क्रञ्चि फ्राइड चिकन सञ्चालनमा आएको छ । शनिबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले ‘बर्गर हाउस’ को उद्घाटन गरेका हुन । डेढ करोडको लगानीमा ४ जना स्थानीय युवाहरु मिलेर यस बर्गर हाउस सञ्चालनमा ल्याइएको सञ्चालक डिल्ली भट्टले जानकारी दिए ।
डिल्ली भट्टले मुख्य परिकार बर्गर भएपनि यस बर्गर हाउसमा चिकन लगायत खाना, नास्ताका विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध गराएको बताए । उनले व्यापारी, ब्यवसायी, युवा, विद्यार्थीहरुलाई, लक्षित गर्दै सबैलाई पायक हुने पारिवारिक वातावरण अनुकूलको सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जानकारी दिए ।

यस क्षेत्रमा केही फरक स्वादका परिकार पस्कने उद्देश्यले सञ्चालन संगै चाइनिज, कन्टिनेन्टल लगायत विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध गराएको बताए । सञ्चालनमा आएको बर्गर हाउसमा आउने ग्राहकले खानाको स्वादसँगै शान्त वातावरणमा आराम पनि महसुस गर्न सक्ने सञ्चालक भट्टले बताए । ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालनमा आएको वर्गर हाउसले विभिन्न किसिमका अफर तथा सहुलियतमा फ्रेंच आइटमहरु उपलब्ध गराउने बताए ।

उनले रेष्टुरेन्टहरुमा स्वादिलो खाना, सरसफाई, आन्तरिक सजावट र पारिवारिक वातावरणको लागि अत्यावश्यक भएकाले यी कुरामा ध्यान दिएको र होम डेलिभरीका साथै विभिन्न किसिमका पार्टीका लागि आवश्यक क्षेत्रको पनि व्यवस्था रहेको बताए । उनले स्वादिष्ट भोजनका परिकारहरुको उपभोग संगै हप्ताको २ दिन शुक्रबार र शनिबार सांगीतिक कार्यक्रम समेत हुने भएको बताए । उनले सञ्चालनमा ल्याइएको उक्त बर्गर हाउसमा २० जना व्यक्तिहरूलाई रोजगार प्रदान गरेको बताए ।

Loading...