सुदूरपश्चिममा झण्डै ५ लाख हेक्टरमा खाद्यबाली उत्पादन

सबै भन्दा बढी कैलालीमा खाद्य तथा अन्य बाली उत्पादन

धनगढी- सुदूरपश्चिममा झण्डै ५ लाख हेक्टरमा खाद्यबाली उत्पादन भएको तथ्यांक छ । गत आर्थिक वर्ष २०७९/०८० मा ४ लाख ८२ हजार ६ सय ९१ हेक्टरमा खाद्य तथा अन्य बाली उत्पादन भएको तथ्यांकले देखाएको हो । कृषि विकास निर्देशनालय तथा जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार सबै भन्दा बढी कैलालीमा १ लाख ३५ हजार ८ सय ८० हेक्टरमा खाद्य तथा अन्य बाली उत्पादन भएको छ भने सबै भन्दा कम दार्चुलामा २१ हजार तीन सय ६४ हेक्टरमा खाद्यबाली उत्पादन भएको छ ।

Dadeldhura hospital

कैलालीपछि कञ्चनपुरमा सबै भन्दा बढी १ लाख चार हजार ७ सय ७७ हेक्टरमा खाद्यबाली उत्पादन भएको निर्देशनालयको तथ्यांकले देखाएको छ । डडेल्धुरामा २२ हजार ८ सय ६७, बैतडीमा ४२ हजार ७ सय १, बझाङमा ३७ हजार ५५, बाजुरामा ३१ हजार ६ सय ६०, डोटीमा ४१ हजार ७ सय तथा अछाममा ४४ हजार ६ सय ८७ गरेर गत वर्ष कुल ४ लाख ८२ हजार ६ सय ९१ हेक्टर क्षेत्रफलमा खाद्य तथा अन्य बाली उत्पादन भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

सो अवधिमा सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी २४ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा तरकारी तथा बागबानी उत्पादन भएको छ । त्यस्तै ३८ हजार ७८ हेक्टर क्षेत्रफलमा फलफुल तथा मसला उत्पादन भएको छ । आर्थिक वर्ष २०७९/०८० मा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा कैलाली जिल्लाको हिस्सा सबै भन्दा बढी २८ दशमलव १५ प्रतिशत रहेको छ भने दार्चुला जिल्लाको सबै भन्दा कम ४ दशमलव ३ प्रतिशत रहेको छ ।

फलफूल तथा मसलाजन्य बालीले ढाकेको क्षेत्रफलमा पनि कैलाली जिल्लाको हिस्सा सबै भन्दा बढी २८ दशमलव २४ प्रतिशत र अछाम जिल्लाको हिस्सा सबै भन्दा कम २ दशमलव २२ प्रतिशत रहेको छ । गत वर्ष प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) को उत्पादन १४ दशमलव ७४ प्रतिशतले बढेको छ । गत वर्ष समग्र कृषि बालीको उत्पादनमा ९ दशमलव ७५ प्रतिशतले ह्रास आएको थियो ।

Loading...