नक्कली टीकट प्रकरण : महासचिव सहित ४ जनाले गरे आत्मसमर्पण

अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भएको नक्कली टिकट बिक्री प्रकरणमा ४ जनाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

Bhancha ghar0

महोत्सवमा नक्कली टिकट बिक्री गरेर आर्थिक हिनामिना गरेको आरोपमा अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलीप कुमार साउँद, सदस्य बम बहादुर बोगटी र भुवन महराले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले चारै जना शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आफैं उपस्थित भएपछि हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।

नक्कली टिकट बिक्री प्रकरणमा अध्यक्ष सहितका १२ जना पदाधिकारीले सुरुमा साउँद र महराका विरुद्ध किटानी जाहेरी दिएका थिए । तर संघका अध्यक्ष कल्याणसिंह बोहराले भोलिपल्ट महासचिव खड्का र बोगटीका विरुद्ध पनि किटानी जाहेरी दिएका थिए ।

Loading...