धनगढीको फाप्ला मैदानमा फागुन २८ गतेदेखि जय नेपाल कप क्रिकेट प्रतियोगिता हुने

धनगढी- नेपाल विद्यार्थी संघ कैलाली जिल्लाको आयोजनामा फागुन २८ गतेदेखि जय नेपाल कप क्रिकेट प्रतियोगिता हुने भएको छ। आज (शुक्रबार) नेपाल विद्यार्थी संघ कैलालीले पत्रकार सम्मेलन गर्दै शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता गरिने जानकारी दिएको हो।

सुदूरपश्चिम प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा प्रदेश भित्रका स्नातक र स्नाकोत्तर तहका क्याम्पसहरूको सहभागिता रहने जनाइएको छ । जय नेपाल क्रिकेट कप प्रतियोगिताको विजेता टिमले नगद ३ लाख सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ। भने उपविजेता टिमलाई नगद रु १ लाख सहित मेडल,ट्रफी र प्रमाण पत्र प्राप्त प्रदान गरिने छ। प्रतियोगितामा सहभागि हुने टिमलाई रु २५ हजार प्रवेश शुल्क निर्धारण गरिएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २५ हजार, उत्कृष्ट बलर र ब्याटले जनही रु १५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। साथै प्रतियोगितामा उदयमान खेलाडीले नगद रु १० हजार प्रदान गरिने छ। प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याच अवार्ड जित्ने खेलाडीलाई दुई हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। टि २० फरमेटको प्रतियोगिता नकआउट प्रणालीबाट खेलाइने छ।

प्रतियोगितामा सहभागि हुने टिमहरुले आवश्यक परेमा बढिमा ४ जना क्याम्पस बाहिरको खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ। टिम दर्ता गर्दा क्याम्पसले अनिवार्य रुपमा प्रत्येक खेलाडीको २०८० माघ १९ गते अगाडी भर्ना गरिएको सक्कल प्रमाण सहित विद्यार्थी परिचय पत्र र नागरिकता पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। क्याम्पस बाहिरबाट खेलाइने ४ जनाको हकमा नागरिकता उपलब्ध गराइनुपर्ने जनाइएको छ।

आयोजक नेपाल विद्यार्थी सघ कैलालीका अध्यक्ष मनिष कुवँरले क्रिकेटमा नेपालले राम्रो प्रगति गरिरहेको र सुदूरपश्चिम प्रदेशमा पनि क्रिकेटको क्रेज राम्रो भएकाले जय नेपाल कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको बताए । उनले नेपाल विद्यार्थी संघ संगठनको काम मात्र सिमित हुनु हुदैन भनेर फाप्ला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय खेलमैदान बनाउन सरकारलाई दबाब दिन र सुदूरपश्चिमका खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।

Loading...