सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको लोगो संशोधन भएको छ। पुरानो लोगोमा नेपालको नक्सा नभएको र राष्ट्रिय झण्डामा चन्द्र, सूर्य स्पष्ट नदेखिएकाले लोगो संशोधन गरिएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

लोगो संशोधन समितिले तयार पारेको प्रतिवेदन बमोजिमको नयाँ लोगो प्रदेश सभाका लागि कायम गरिएको छ। आज बसेको प्रदेश सभा बैठकले समितिको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ। प्रतिवेदन पारित भएकाले सुदूरपश्चिम प्रदेश सभाको नयाँ लोगो निर्धारण भएको घोषणा गरे। साथै, लोगो संशोधनसम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि अन्य कार्य अगाडि बढाउन उहाँले प्रदेश सभा सचिवालयलाई निर्देशन दिए।

Navadurga sun

समितिको प्रतिवेदनमाथि आजै सदनमा छलफल गरिएको छ। प्रतिवेदनमाथिको छलफलमा प्रदेशसभा सदस्य मानबहादुर रावल, शिवसिंह ओली, चक्रबहादुर मल्ल र टीका थापाले भाग लिए। समितिका संयोजक पदमबहादुर शाहीले प्रदेश सभाबाट प्रतिवेदन पारितका लागि प्रस्ताव पेश गर्नुभएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...