नेकपा एमाले ९ औं अधिबेशनको लोगो सार्बजनिक, उदघाटन अध्यक्ष ओलीले गर्ने

अत्तरिया– नेकपा एमाले कैलालीले ९ औं जिल्ला अधिबेशन को लोगो सार्बजनिक गरेको छ । आज शुक्रबार धनगढीमा पत्रकार सम्मेलन को आयोजना गरि सो बिषयमा जानकारी दिएको हो ।

जिल्ला कमिटी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलन मा ९ औं अधिबेशन को लागो समेत सार्बजनिक गरिएको हो । लोगोको पोलिटब्युरो सदस्य एबम कैलाली इन्चार्ज गणेश ठगुन्नाले उदघाटन गरे । लोगोमा कर्णाली पुल, शिबपुरीधाम, घोडाघोडी ताल लगाएतका ठाउँहरुलाई समेटिएको छ ।

Navadurga sun

कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशीले अधिबेशन फागुन ६(७ गते शुख्ख्ड मा हुने बताए । उनले प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहने जानकारी दिए । अहिले अधिबेशन को तयारी समेत थालिएको छ । अधिबेशन को लागी प्रतिनिधि चयन ४० जना बराबर एक जना हुने र कुल जिल्लाभर ५ सय ६० जना प्रतिनिधि चयन हुने एमाले कैलालीले जनाएको छ।

थारु र दलित को लागि २५ जना बराबर एक जना प्रतिनिधि छनौट हुने मापदण्ड समेत तय भएको छ । अधिबेशनमा नेतृत्वको लागि दाबी गर्ने ले इच्छा पत्र ३ गते जिल्ला इन्चार्ज लाई बुझाउनु पर्ने नियम समेत एमाले ले बनाएको छ ।

अध्यक्ष जोशीले बन्द सत्र को नाममा अनावश्यक प्रक्रिया लम्बिने भएकाले नेतृत्वमा दाबी गर्ने समय अगाडि नै राखिएको बताए। एमाले कैलाली को इतिहासमा पहिलोपटक पालिका स्तरमा एमाले को अधिबेशन भैरहेको एमाले ले बताएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...