कञ्चनपुरबाट भन्सार छलीका सामान सहित एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान सहित एक जना पक्राउ परेका छन्। बेलौरी ननगरपालिका-८ कलकत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ३२ हजार ४ सय मूल्यको चकलेट, पोलिथिन लगायत मोटरसाईकल थान–१ सहित बेलौरी १० सडकघाँटका २७ वर्षीय हुकुमदास चौधरी बिहीवार पक्राउ परेका हुन्। चौधरीलाई प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

त्यस्तै भीमदत्त नगरपालिका-१० बिधुत कार्यालय अगाडी र भीमदत्त-११ चौकीसत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लख ९ हजार १ सय ४० मूल्य बराबरको हार्डवेयरका सामान, चप्पल, चिनी, दाल, मिश्री लगायतका सामान बिहीवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय गडडाचौकीमा बुझाइको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...