सुदूरपश्चिमको ‘लगानी तथा विकास सम्मेलन’ को तयारी नपुग्ने भन्दै मिति सारियो

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको ‘लगानी तथा विकास सम्मेलन’ सरेको छ । आउँदो फागुन २३ र २४ गते धनगढीमा हुने भनिएको लगानी तथा विकास सम्मेलनको तयारी नपुग्ने भन्दै मिति सारिएको हो ।

Dadeldhura hospital

सम्मेलनको तयारी नपुग्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को माघ १२ गते बसेको बैठकले तत्कालका लागि सम्मेलनको मिति सार्ने निणर्य गरेको थियो । उक्त निणर्य अनुसार लगानी सम्मेलनको अर्को मिति २०८१ असोज २१ र २२ गते तोकिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यस अघि मुख्यमन्त्री कमल बहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर ‘लगानी तथा विकास सम्मेलन’को लागि तयारी तीव्र पारिएको थियो ।

सुदूरपश्चिममा समितिले ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार गरिसकेको थियो । तर, अझै व्यापक तयारी आवश्यक रहेको भन्दै मिति सारिएको लगानी तथा विकास सम्मेलन कार्यकारी सदस्य नृप सुनारले जानकारी दिए ।

Loading...