अनुदानमा बदमासी गर्नेलाई कारबाही हुन्छ नभए कुर्चीमा बस्दिन : मुख्यमन्त्री शाह

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफूले राम्रो काम गर्दा पनि जस नमिलेको गुनासो गरेका छन् । न्युज ट्वान्टी फोर टेलिभिजनले आयोजना गरेको सिधा कुरा मुख्यमन्त्रीमा शाह आफ्नो कार्यकालमा थुप्रै सुधारका सङ्केतहरू देखिएको र आफू पनि निरन्तर लागिरहेको भन्दै त्यसको मूल्याङ्कन नभएको बताए ।

कृषि भित्रको अनुदानको बेतिथिलाई रोकेको उनले दाबी गरे । ‘अनुदानमा कतै बदमासी भएको छ भने सूचना दिनुहोला त्यो निकायलाई मैले कारबाही गर्नै सकिन भने यो कुर्चीमा बस्दिन उनले भने, ‘त्यो हिम्मत र साहसका साथ म आएको छु ।’ उनले सुदूरपश्चिममा विकासका थुप्रै कामहरू भइरहेको दाबी गरे ।

‘पश्चिम सेती पञ्चेश्वर एसआर सिक्स अगाडी बढ्दै छ । पश्चिम सेतीमा टनेल निर्माण गर्न शिलान्यास गरेको छु । पञ्चेश्वरको काम पनि अगाडी बढेको छ। बेहेतन कणर्ाली संघीय सरकारले आफै निर्माण गर्न लागेको छ । हामीले कि आफै बनाउनु होस् कि हामी बनाउँछौँ भनेका छौँ ’ उनले भने ।

प्रदेश राजधानी गोदावरीमा २ तिहाइ बहुमतले पारित गरेको भन्दै यस विषयमा संघीय सरकारसँग छलफल भइरहेको मुख्यमन्त्री शाहले बताए । ‘गोदावरीको निणर्य भइसकेको छ । संघले कि हुन्छ भन्नु परो कि हुँदैन भन्नु परो’ उनले भने ‘जग्गा प्राप्ति र रुख कटानको कुरा संघले पुरा गरिदिनु पर्छ’
पछिल्लो समय प्रदेश संरचना माथि विभिन्न प्रश्न उठिरहेको भन्दै उनले संरचना बलियो बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा उपस्थित प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका उपनेता सन्तोष कुमारी थापा शर्माले धेरै अभावका सुदूरपश्चिम गुज्रिरहेको बताइन् । प्रदेश खारेजीको विषयलाई अहिले उचाल्न नहुने भन्दै जनताको सेवामा सबै तहका सरकार गम्भीर बन्नु पर्ने बताइन् ।
विश्लेषक शिवहरी मुड्भरीले प्रदेश अलोकप्रिय भइरहेको भन्दै सरकारले आफ्नो कामलाई तीव्रता दिनु पर्ने बताए ।

Loading...