कञ्चनपुरको गड्डाचौकीबाट मिटरब्याजपीडितको ‘न्याय मार्च’ सुरु

धनगढी- मिटरब्याजपीडितले कञ्चनपुरको गड्डाचौकीबाट ‘न्याय मार्च’ सुरु गरेका छन् । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले कञ्चनपुरको भीमदत्त नगरपालिका-११ गड्डाचौकी स्थित (नेपाल-भारत) ७ नम्बर सीमा पिलरबाट एकैसाथ आन्दोलन सुरु गरेको हो । मिटरब्याजी विरुद्ध सुरु भएको यो आन्दोलनमा मिटरब्याजपीडित पैदल हिँडेर काठमाडौं पुग्ने संघर्ष समितिकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन् ।

१५ दिनमा काठमाडौं पुग्ने लक्ष्य छ । कञ्चनपुरबाट सुरु भएको यात्रामा रहेका संघर्ष समितिका सह-इन्चार्ज दामोदर ढकालले पैदलयात्राका क्रममा पीडितसँग छलफल गरिने बताए । उनका अनुसार पटक-पटक आन्दोलन गर्दा पनि राज्यले नसुनेपछि सडकमा आउनुपरेको हो । उनले अब निणर्ायक आन्दोलनका लागि पीडितहरू काठमाडौं पुग्ने बताए । ६ बुँदे माग राख्दै सुरु गरिएको ‘न्याय मार्च’को उद्घाटन संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले गरेका हुन् ।

Bhancha ghar0

मिटरब्याज सँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू अवैध घोषणा गर्दै जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने संघर्ष समितिको माग छ । मिटरब्याज अपराध सम्बन्धी शक्तिशाली कानुन निर्माण गरी पूणर्ाधिकार सहितको अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने संघर्ष समितिको माग छ ।

संघर्ष समितिले अदालतमा मिटरब्याजी साहुकारले पीडित माथि हाल्ने दर्ता र सम्पूर्ण अदालती प्रक्रिया स्थगित गर्ने तथा फैसला भइसकेका मुद्दा आयोगमा खिचाई पुनरावलोकन गरी फर्जी लिखतका आधारमा सजाय कटाइरहेका पीडितको स-सम्मान रिहाइ, जरिवाना मिनाहा र बिगो खारेज गर्नु पर्ने माग अघि सारेको छ ।

त्यस्तै मिटरब्याजी साहुकारका कारण भएको आत्महत्या दुरुत्साहन, दुव्र्यवहार, महिला माथि हुने ज्यादती तथा यौन हिंसा र मानव अधिकार उल्लंघनका अन्य घटनाको गम्भीर छानबिन गरी हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने संघर्ष समितिको माग छ । मिटरब्याज पीडितले गड्डाचौकीबाट ‘न्याय मार्च’ मंगलबार देखि सुरु गरेका हुन् ।

Loading...