पनेरुलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार

डडेल्धुरा- डडेल्धुराका पत्रकार नवराज पनेरुलाई यस वर्षको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेतमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई नगद २५ हजार रुपैयाँ सहित खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

पत्रकार पनेरु विगत दशक भन्दा बढी लामो समय देखि पत्रकारितामा सक्रिय छन् । हाल पश्चिम एक्सप्रेसका प्रधान सम्पादक रहेका उनी नयाँ पत्रिकामा पनि कार्यरत छन् । उनी यस अघि दिनेशखबर तथा एफएमका सम्पादकको रुपमा कार्यरत थिए ।

Loading...