सहिद दिवसको अवसरमा धनगढीमा दीप प्रज्वलन

धनगढी- धनगढीमा सहिद दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । राप्रपा विद्यार्थी संगठनले दीप प्रज्वलन गरेका हुन् । उनीहरूले मङ्गलवार साँझ धनगढीको दशरथ भीम उद्यान अगाडी दीप प्रज्वलन गरेका छन् ।

Bhancha ghar0

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका सहिदहरू उनीहरूले श्रद्धापूर्वक दीप बालेका हुन् । नेपालमा माघ १६ गते सहिद दिवस मनाइन्छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा सहिद दिवस मनाउने गरिएको छ ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।

विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।

Loading...