सुदूरपश्चिम प्रदेशमा घरजग्गा रजिष्ट्रेशनमा गिरावट

कैलाली जिल्लामा सबै भन्दा बढी १ हजार ६ सय ३३ भवनको नक्सापास

धनगढी- सुदूरपश्चिम प्रदेशमा घरजग्गा रजिष्ट्रेशनमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा घरजग्गा रजिष्टेशनमा गिरावट आएको हो । प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा घरजग्गा रजिष्ट्रेशन संख्या ३० दशमलव शून्य ६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष सो संख्या ९ दशमलव ७१ प्रतिशतले बढेको थियो ।

Bhancha ghar0

त्यस्तै घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन ५४ दशमलव शून्य दशमलव १ प्रतिशतले ह्रास भएर ६७ करोड ९० लाख भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा यस्तो राजस्व संकलन १८ दशमलव ४३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा घर/भवन नक्सा पास संख्या ६ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको सोही अवधिमा घर/भवन नक्सा पास संख्या २ दशमलव ३६ प्रतिशतले घटेको थियो । सुदूरपश्चिम प्रदेशमा रहेका सबै जिल्लाहरुमा घरजग्गा रजिष्ट्रेशन संख्यामा ह्रास आएको छ । बाजुरा बाहेक अन्य सबै जिल्लाहरुमा घरजग्गा रजिष्ट्रेशन राजश्वमा समेत ह्रास आएको हो । समीक्षा वर्षमा कैलाली जिल्लामा सबै भन्दा बढी १ हजार ६ सय ३३ वटा घर/भवन नक्सा पास भएका छन् ।

बाजुरा, डडेल्धुरा र दार्चुलामा घर/भवन नक्सा पास भएको छैन । तर आर्थिक वर्ष २०७९/०८० मा आर्थिक गतिविधिहरु बढ्नुका साथै पहाडी जिल्लाहरुमा कर्जा लगायत बैंकिङ्ग प्रयोजनका लागि घरनक्सा पास गर्ने प्रचलन बढेका कारण नक्सा पास संख्यामा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । दार्चुला र डडेल्धुरामा समीक्षा वर्षमा घरनक्सा पास नभएको तर अभिलेखीकरण कार्य मात्र भएको तथा बाजुरामा नक्सा पास गर्ने प्रचलन विगतमा समेत नरहेकोले गत वर्ष समेत नक्सा पासको संख्या शुन्य देखिएको छ ।

Loading...