धनगढी र दार्चुलाबाट अबैध सामान बरामद

धनगढी- कैलालीको धनगढी र दार्चुलाको महाकाली नगरपालिकाबाट प्रहरीले अबैध सामान बरामद गरेको छ । साथै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिकबाट करिब २० हजार १९० मुल्यका अबैध चिनी, मिठाई, खेलौना, अचार, सलाई, साबुन लगायतका सामान र धनगढी उपममहानगरपालिका-३ ब्यारेल नजिकबाट करिब १७ हजार ३७० मुल्यका प्याज, सरप, बेसन, नरिवल चकलेट, चप्पल लगायत गरी ३७ हजार ५६० मुल्यका सामान सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा बरामद गरेको हो ।

Navadurga sun
Godawari sandesh

त्यस्तै दार्चुलाको महाकाली नगरपालिका-४ बसपार्कबाट पनि प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । करिब १ लाख ९८ हजार मुल्यका चामलसहित ट्याक्टर र चालक दुहुँ गाउँपालिका-१ खर्राका उपेन्द्रसिंह धामीलाई सोमबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

Couple
Loading...