सिसिएस प्लसटु अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिता धनगढीमा शुरु

धनगढी– धनगढीको क्रेसेन्ट सिटि स्कुलद्वारा आयोजित प्रतियोगिता अन्तर्गत आज पहिलो दिन ४ खेल सम्पन्न भएका छन् । धनगढी रगंशालामा भएको पहिलो खेलमा सिसिएस बी ले ग्यालेक्सी सेकेन्ड्री स्कुललाई १-० गोल अन्तरले पराजित गर्यो । ग्यालेक्सी सेकेन्ड्री स्कुल प्रतियोगिताबाट बाहिरिए संगै सिसिएस ले क्वाटर फाइनल प्रवेश गरेको छ ।

सोमबार नै भएको दोश्रो खेलमा कोभिदा इन्टरनेश्नल स्कुल र वेस्टर्न क्रिस्टल एकेडेमी बिच प्रतिस्प्रधा भएको छ । दोश्रो खेलमा कोभिदा इन्टरनेस्नल स्कुल वेस्टर्न क्रिस्टल एकेडेमी संग ३-२ गोल अन्तरले पराजित भयो । यो संगै वेस्टर्न क्रिस्टल एकेडेमी प्रतियोगिताको क्याटर फाइनल प्रवेश गरेको छ।

Bhancha ghar0

प्रतियोगिता अन्तरगर्त सोमबार नै भएको तेश्रो खेलमा धनगढी स्थित त्रिनगर माध्यमिक बिद्यालयले अत्तरियाको सत्यवती एकेडेमीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । तेश्रो खेल अन्तर्गत सत्यवती एकेडेमी पराजित भए संगै त्रिनगर माध्यमिक बिद्यालयपनि क्वाटर फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको चौथो खेल अत्तरियाको लोटस आई बोर्डिङ स्कुल र धनगढीको एक्सिस बिद्याश्रम बिच भएको छ ।

चौथो खेलमा अत्तरियाको लोटस आई बोर्डिङ स्कुलले धनगढीको एक्सिस बिद्याश्रमलाई २-० गोल अन्तरले पराजित गरेको छ । एक्सिसको पराजय संगै खेलबाट बाहिरिएको छ, भने लोटस आई बोर्डिङ स्कुल क्वाटर फाइनल प्रवेश गरेको छ । भोली (मंगलबार) हुने पहिलो खेलमा नास्ट एकेडेमी र धनगढी मोडेल माध्यमिक बिद्यालय भिड्ने छन् । यस्तै सुदूरपश्चिमाञ्चल एकेडेमी र होलिल्याण्ड बोर्डिङ स्कुल बिच दोश्रो खेल हुने छ, भने तेश्रो खेल अन्तर्गत ऐश्वर्या बिद्या निकेतन र सरस्वती माध्यमिक बिद्यालय भिड्ने छन् । अन्तिम चौथो खेलमा सिसिएस ए र एलाइन्स इन्टरनेश्नल स्कुल बिच प्रतिस्प्रधा हुने छ ।

१६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागितो छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

Loading...