अत्तरिया महोत्सव नक्कली टिकट ठेली प्रकरणः जाहेरी नदिदा रोकियो थप अनुसन्धान

अत्तरिया- अत्तरिया महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रकरणमा जाहेरी नदिदा अनुसन्धानमा अलमल भएको छ। अत्तरिया उद्योग वाणिज्य संघले नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि प्रहरीमा जाहेरी नदिदा अनुसन्धान अलमलिएको हो ।
हाल प्रहरीले जिल्ला प्रशासन कार्यालय कैलालीमा संघले दिएको निवेदनको आधारमा सोधपुछको काम सकिसकेको छ । थप अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जाहेरी आवश्यक पर्ने प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले जाहेरी आएमा प्रहरीले अनुसन्धान अगाडि बढाउने बताए ।

उनले जिल्ला प्रशासनबाट आएको निर्देशन अनुसार सोधपुछ गरिसकेको भएपनि थप अनुसन्धान र कारवाही प्रक्रिया अगाडि बढाउन जाहेरी आवश्यक पर्ने बताए ।यता संघका पदाधिकारीले नक्कली टिकट ठेली प्रकरणमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको भएपनि प्रहरीमा जाहेरी दिन भने आनाकानी गरेको छ।

Navadurga sun

संघका अध्यक्ष कल्याण सिह बोहराले भने ‘प्रहरीले जाहेरी दिन भनेको हो । हामीले दोषी पत्ता नलागी कसको नाममा जाहेरी दिने ’ संघले जाहेरी नदिदा प्रहरीलाई अनुसन्धान अगाडि बढाउन कानुनी अडचन आएको छ। संघ जाहेरी दिन व्याक भएपछि नक्कली टिकट प्रकरणको अनुसन्धानमा अन्योल बढेको छ । यद्यपि प्रहरीले संघका पदाधिकारीलाई मंगलबार पुनः जिल्ला प्रहरी कार्यालयमा बोलाएको छ। संघ भित्रका केही पदाधिकारीले सत्यतथ्य पत्ता लाउन आफुहरु भित्र बस्न तयार रहेको प्रहरी समक्ष बयान दिएका छन् ।

ADD Khali jpg
Loading...