अत्तरिया- नेकपा क्रान्तिकारीको केन्द्रबाट बिभिन्न जिल्लाहरुमा बिदाको दिनमा सरकारी सवारी साधनको दुरुपयोग रोक्न त्यस विरुद्ध कार्यकर्ता परिचालन कार्यक्रम अन्तर्गत शनिबार कैलालीको अत्तरिया चोकमा नेकपा क्रान्तिकारी गोदावरी नगर कमिटिले सार्वजनिक बिदामा बिना पासका सवारी साधन चलाउने विरुद्ध सडक संघर्ष गरेको हो ।
कार्यक्रमको संचालन नेकपा क्रान्तिकारी गोनपा नगर कमिटीका इन्चार्ज तथा केन्द्रीय सदस्य क. टंक कोइराला रहेका थिए । त्यस्तै कार्यक्रममा नेकपा क्रान्तिकारीका केन्द्रिय सदस्य तथा बाजुरा इन्चार्ज क. केसब उपाध्याय, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्यहरु कमरेड समुद्र, रुद्र कडेल, बिन्ती राम चौधरी लगायत पार्टीका अरु कार्यकर्ताहरु पनि परिचालन गरी २ वटा सरकारी कार र ६ वटा सरकारी मोटरसाईकल कब्जामा लिइ ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई बुझाइ कानुन अनुसार दण्ड र जरिमाना गरेर मात्र छोडन निर्देशन दिएको छ ।