अत्तरिया– कैलालीको अत्तरियामा रहेको अत्तरिया जेसीजको १२ औं साधारणसभा सम्पन्न भएको छ । बिहीवार एक कार्यक्रमकाबिच अत्तरिया जेसीजले १२ औं साधारणसभा सम्पन्न गरेको हो ।






साधारणसभाबाट अत्तरिया जेसीज वर्ष २०२४ का लागि अध्यक्ष पदमा प्रकाश मल्ल (प्रवेग) निर्विरोध निर्वाचित भएका छन् । कार्यकारिणी उपाध्यक्षमा शंकर सांउद र जेसन मडै निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा भुवन केसी, जेसी कल्पना भट्ट,शेर एर र रबि भट्ट निर्वाचित भएका छन् ।





नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम आगामी शनिबार गरिने भएको छ । पदस्थापन कार्यक्रममा उपस्थितिकालागि जेसीजप्रति आस्थावान सम्पुर्णलाई अत्तरिया जेसीजले आग्रह गरेको छ ।




