गोदावरी–८ मजगाँउमा माघ महोत्सवको मन्त्री चौधरीद्वारा उद्घाटन

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाँउमा तीन दिने माघ महोत्सव सुरु भएको छ । महोत्सवको आज एक समारोहकाबिच प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले उद्घाटन गरेका हुन् । माघ महोत्सव पर्सिसम्म सञ्चालन हुनेछ ।

Bhancha ghar0

संस्कृति संरक्षण, स्थानिय पर्यटन र आधुनिक कृर्षि पर्यटनका लागि एकजुट हौ भन्ने मुल नाराका साथ थारू कल्याणकारिणी सभाले महोत्सवको आयोजना गरेको हो । महोत्सवमा स्थानीय झाँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला सस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु समाज सेवा तथा प्रतिभावन व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खाको व्यवस्था रहेको छ ।

Loading...