कञ्चनपुर– कञ्चनपुरबाट भन्सार छलीका कपडा बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं.४ बसपार्कबाट करिब १ लाख ६ हजार १ सय मुल्य बराबरका कोट पाईन्टका कपडा, लेडिज सुट, स्वीटर लगायत उनी मोजा बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका कपडा भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।