सुदूरपश्चिम घर भएका चार प्रहरी सम्पर्क बाहिर

धनगढी- सुदूरपश्चिम घर भएका चार प्रहरी सम्पर्क बाहिर भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयले एक महिना भन्दा बढी समय देखि गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

Bhancha ghar0

आफूखुसी हाजिर हुन छोडेका प्रहरीको खोजतलास गर्दा पनि सम्पर्कमा नआएपछि सात दिन भित्र स्पष्टीकरण सहित सम्पर्कमा आउन निर्देशन दिएको हो । सात दिन भित्र पनि सम्पर्कमा नआए नियम अनुसार सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले सूचना नै जारी गरेर चेतावनी दिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-१ घर भएका सुरेन्द्र प्रसाद पन्त, बझाङको साविक सैनपाल-५ हाल दुर्गाथली गाउँपालिका-७ घर भएका विशाल बहादुर विक, बझाङकै थलारा गाउँपालिका-९ घर भएका उमेश थापा र बाजुराको खप्तड छेडेदह गाउँपालिका-३ घर भएका प्रेम बहादुर धामीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयले ७ दिन भित्र २४ प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ ।

Loading...