प्रदेशको शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका अहम छ : मुख्यमन्त्री शाह

अत्तरिया- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले देशको शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका अहम रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनी मुख्यालयको २३ औँ स्थापना दिवसमा मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।

Bhancha ghar0

सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, महत्वपूणर् संरचनाहरूको सुरक्षा, मानवअधिकार, लैगिंक हिंसा लगायत देशका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सशस्त्र प्रहरी बल सफल भएको उनको भनाई छ । उनले देशमा शान्ति सुरक्षा, अमनचैन कायम गर्न सशस्त्र प्रहरीले छोटो समयमा महत्वपूणर् जिम्मेवारी निर्वाह गरेको बताए । यस अवसरमा संस्था र राष्ट्रप्रतिको कर्तव्य पुरा गर्ने सिलसिलामा दिवङ्गत भएकाहरू प्रति उनले श्रद्धाञ्जली व्यक्त गरे ।

यस्तै सभापति सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले देशको सुरक्षाका लागि सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको बताए । उनले सशस्त्र प्रहरी दिवसको पुर्वसन्ध्यामा वैद्यनाथ बाहिनी तथा मातहतका गणहरूबाट विभिन्न किसिमका सामाजिक कार्यहरू गरिएको समेत बताए ।

उनले सामाजिक हितका लागि वाहिनी तथा मातहतका कार्यालयहरूले रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर आयोजना गरिनुका साथै लागु औषध न्यूनीकरण, मानव अधिकार तथा विपद् व्यवस्थापन सम्बन्धी विभिन्न स्कुल, कलेज, क्लब तथा समुदायहरूमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको बताए । उनले अझै पनि सशस्त्र प्रहरी बल देश र जनताको सुरक्षाको लागि कटिबद्ध रहेको बताए । स्थापना दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट सशस्त्र प्रहरी जवानहरूलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी जवानहरूले सुदूरपश्चिमका कला संस्कृति झल्कने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

Loading...